नियम
अनुसन्धान सम्बन्धी व्यवस्था
: बालबालिका उपर लागेको कसूरजन्य कार्यको आरोपमा अनुसन्धान गर्दा अनुसन्धान अधिकारीले प्रचलित कानूनमा लेखिएको कार्यविधिको अतिरिक्त देहाय बमोजिमको कार्यविधि अवलम्बन गर्नु पर्नेछ :-

(क) प्रहरी कर्मचारीले प्रहरीको पोसाक नलगाइ सादा पोसाक लगाउनु पर्ने,

।ख) बालबालिकालाई नियन्त्रणमा : लिनु पर्दा सोको कारण खुलाइ आफ्नो परिचय दिई परिचय खुल्ने कागजात देखाउनु पर्ने,

(ग) नियन्त्रणमा लिएको बालबालिकालाई निजको संवैधानिक तथा कानूती हकका बारेमा निजले बुझने भाषामा जानकारी गराउने,

(घ) बालबालिकाको वावु आमा भए दुवैलाई वा कम्तीमा एकजनालाई र बाबु आमा नभए निजको परिवारको सदस्य वा संरक्षकलाई बालबालिका उपर लागेको कसूरजन्य कार्यको आरोपको सम्बन्धमा सूचना दिने,

(ङ) ८ नजिकैको सरकारी अस्पताल बा चिकित्सकबाट तुरुन्तै बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य जाँच गर्न लगाउने,

(च) आवश्यकता अनुसार बाल मनोविज्ञको परामर्श वा मनोसामाजिक सहयोग उपलब्ध गराउने,

(छ) समाजसेवीबाट बालबालिकाको सामाजिक अध्ययन प्रतिवेदन तयार गर्न लगाउने,

(ज) कुनै लिखत तयार गर्दा बालबालिकाको बाबु आमा भएसम्म दुवैजना वा कम्तीमा एकजना र बाबु आमा नभए निजको परिवारको सदस्य वा संरक्षक, बाल कल्याण अधिकारी वा कानून व्यवसायीलाई रोहवरमा राख्नु पर्ने,

(झ) बालबालिकालाई नियन्त्रणमा लिइएको जानकारी तुरुन्त सम्बन्धित: जिल्ला बाल न्याय समिति वा समितिलाई गराउनुपर्ने, र

(ज) बालबालिका वा निजको अभिभावकले छुट्टै कानून व्यवसायीको सेवा लिएकोमा बाहेक बालबालिकालाई निःशूल्क कानूनी सहायता प्रदान गर्ने सम्बन्धमा वैतनिक वकिल वा जिल्ला कानूनी सहायता समिति वा सम्बन्धित बार एकाइ वा अन्य इच्छुक कानूत व्यवसायीलाई जानकारी गराउने ।